भृकुटीमण्डपमा आइतबारदेखि पुस्तक मेला हुँदै « Khabarhub

भृकुटीमण्डपमा आइतबारदेखि पुस्तक मेला हुँदै


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भृकुटीमण्डपमा आइतबारदेखि ‘बृहत् पुस्तक मेला’ आयोजना हुँदैछ । कोरोना कहरपछिको समयमा पुस्तक प्रवर्द्धन र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ ।

मेलामा काठमाडौँका ५० भन्दाबढी प्रकाशन संस्थाका पुस्तक बिशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा विभिन्न नयाँ पुस्तक पनि विमोचन हुने जनाइएको छ ।

लेखकसँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएको छ ।

फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशतसम्म छुटमा किताबहरु बिक्री गरिनेसमेत जानकारी गराइएको छ ।

कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समस्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विस्वास आयोजकले लिएको छ ।

पुस्तक मेलामा सबैको सहभागिता र सहयोगको लागि आयोजक कमिटीले आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १ : १० बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि