नेप्सेमा नयाँ रेर्कड : ४८ अंकले बढ्दा १० अर्ब ४४ करोडको सेयर किनबेच « Khabarhub

नेप्सेमा नयाँ रेर्कड : ४८ अंकले बढ्दा १० अर्ब ४४ करोडको सेयर किनबेच


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार नेप्सेले नयाँ रेर्कड कायम गरेको छ । आज आइतबार नेप्से एकै दिन ४८.४७ अंकले बढेर २५ सय २४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि ५३ अंकले बढेर ४५९२ अंकमा पुगेपश्चात नेप्सेले नयाँ रेर्कड कायम गरेको हो ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ५.३० अंकले बढेको हो। दिनभरिमा ८७ हजार ६ सय ७० पटकको खरिदबिक्रीपछि आज १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ।

आज २०२ कम्पनीको १ करोड ७७ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज ३३ खर्बको बजार पुँजीकरण भएको छ। कुल १२ मध्ये तीन वटाबाहेक अन्य समूहको कारोबार सूचक हरियो छ।

आज हिमालयन डिस्टिलरीको ५३ करोडको सर्वाधिक कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ७६ लाखको, तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३१ करोड ४६ लाखको, ग्लोबल आईएमईको २९ करोडको र पाँचौँ स्थानमा रहेको छिमेक लघुवित्त विकास बैंकको २६ करोडको सेयर कारोबार भएको छ।

आज ३६ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले सेयर मूल्य बढेको छ। ८ कम्पनीको सकारात्मक सर्किट लागेपछि लगानीकर्ताले कमाएका छन्। यसबाहेक गुमाउने लगानीकर्ताले ६.२७ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ४ : १७ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई