भागरथी भट्ट हत्याको निष्पक्ष छानबिन गर्न कांग्रेस महिला विभागको माग « Khabarhub

भागरथी भट्ट हत्याको निष्पक्ष छानबिन गर्न कांग्रेस महिला विभागको माग


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भागरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

विभागका सचिव लक्ष्मी खतिवडाले आज विज्ञप्तिमार्फत उक्त घटनाको भर्त्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरवाही नगर्न आग्रह गरेकी छिन ।

विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी विभागका सदस्य राधिका सिंहलाई खटाएको छ ।

यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदारस्थित सनातन धर्म माविका छात्रा भट्टको लबलेक सामुदायिक वनको जङ्गलमा बलात्कार र हत्याको घटनाले सिङ्गो मुलुकलाई फेरि स्तब्ध बनाएको जनाउँदै विभागले भट्टको परिवारलाई उचित क्षतिपूर्तिको मागसमेत गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ५ : २५ बजे

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको

भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु