भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै नेविसंघद्वारा प्रदर्शन (भिडियोसहित) « Khabarhub

भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै नेविसंघद्वारा प्रदर्शन (भिडियोसहित)


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशीघ्र कारवाहीको दायरामा ल्याउन मागसहित नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।

विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद भएको प्रदर्शनमा सहभागीको भनाइ थियो ।

हेरौँ भिडियो

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो । उनको बलात्कापछि हत्या भएको आशंका प्रहरीले गरेको छ । घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ३२ बजे

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा

शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन