अहिलेको लडाइँ संविधान र लोकतन्त्रको रक्षाका लागि हो : अध्यक्ष नेपाल (भिडियोसहित) « Khabarhub

अहिलेको लडाइँ संविधान र लोकतन्त्रको रक्षाका लागि हो : अध्यक्ष नेपाल (भिडियोसहित)


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ न्याय , संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका छन ।

आइतबार असंवैधानिक संसद बिघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिका विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले अहिलेको लडाइँ कुर्सिको लागि नभएर न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका हुन ।

उनले अहिले केपी ओली मार्क्सवाद छाडेर अवसरवादतिर लागेको आरोप लगाए ।

ओलीले मदन भन्डारीको नाम बेचेर स्वार्थ लिइरहको समेत उनको तर्क थियो । ओलीले आफू र प्रचण्डलाई सत्तामा जाने भर्‍याङमात्र बनाएको उनले बताए ।

पार्टीभित्र अल्पमतमा परेपछि आफ्नो पद जोगाउनका लागि ओलीले संसद विघटन गरेको बताए । ओलीको कदमलाई जनताले पनि साथ नदिने भन्दै त्यसको ज्वलन्त उदाहरण दरवारमार्ग आमसभा रहेको प्रष्ट्याए ।

प्रतिगमनकारी कदमविरुद्ध अहिले आफूहरू आन्दोलनमा रहेको भन्दै उनले यसलाई परास्त गरेरै छाड्ने जिकिर गरे ।

अध्यक्ष नेपालले संसद विघटनको विषयमा संविधान अनुसार न्यायोचित फैसला गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालले लोकतन्त्र स्थापित गर्नको लागि सबैभन्दा धेरै योगदान आफूहरुको नै रहेको बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ४९ बजे

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका