संवैधानिक परिषद्का सदस्य तटस्थ हुनुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

संवैधानिक परिषद्का सदस्य तटस्थ हुनुपर्छ : अध्यक्ष तिमिल्सिना


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्का सदस्यहरु पार्टीको निर्देशनमा नभई संविधानअनुसार तटस्थ हुनुपर्ने बताएका छन ।

पर्वतको मोदी गाउँपालिका–६ तिलाहार र वडा नं ७ राजम्दोउराली जोड्ने रतीखोला मोटरेबल पुलको आइतबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले परिषद्का सदस्यले कुनै पार्टी वा नेताको निर्देशनमा काम गर्न नहुने र आफूले कहिल्यै त्यस्तो नगर्ने बताएका हुन ।

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोप्रति लक्ष्य गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का दुई सदनमध्ये आफू पनि एउटा सदनको अध्यक्षका हिसाबले परिषद्को सदस्य भएकाले आफूले त्यस्तो नगर्ने बताए ।

उनले परिषद्को अध्यक्षका रुपमा प्रधानमन्त्रीले गरेको निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिए ।

उनले भने, “आफ्नो नेता वा पार्टीले के भन्छ होइन । परिषद्को बैठकमा भएका निर्णय मान्नुपर्छ । निर्णयमा चित्त नबुझे पनि अदालतमा जान हुँदैन । कानून बनाउने विषयलाई सभामुखले अड्काउने होइन, सहजीकरण गर्नुपर्छ ।”

अध्यक्ष तिमिल्सिनाले अदालतको निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा विघटनका विषयमा अहिले सर्वोच्च अदालतमा बहस भइरहेकाले अदालतको निर्णय नै सर्वेसर्वा हुने बताए । उनले अदालतलाई प्रभावित पार्ने काम कसैले गर्न नहुने बताउँदै अदालतको फैसलाका आधारमा आगामी चुनाव हुने-नहुने टुङ्गो लाग्नेसमेत बताए ।

अध्यक्ष तिमिल्सिनाले मुलुक विकास निर्माण र समृद्धिको युगमा अघि बढेको बताउँदै लामो समयको राजनीतिक अस्थिरतापछि अहिले मुलुकभर विकास निर्माणको लहर अघि बढेकले यसमा आम नागरिकले साथ, सहयोग र खबरदारी गर्नुपर्ने बताए ।

सडक, पुल, खानेपानी, सिँचाइ, स्वास्थ्य जस्ता पूर्वाधारहरु निर्माणले गति लिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि मुलुक समृद्ध बन्ने बताए ।

उनले विकास निर्माणका कामहरुमा कुनै पनि पक्षले राजनीति गर्न नहुने बताउँदै सबैले एकमत भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : ०९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ