संवैधानिक परिषद्का सदस्य तटस्थ हुनुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

संवैधानिक परिषद्का सदस्य तटस्थ हुनुपर्छ : अध्यक्ष तिमिल्सिना


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्का सदस्यहरु पार्टीको निर्देशनमा नभई संविधानअनुसार तटस्थ हुनुपर्ने बताएका छन ।

पर्वतको मोदी गाउँपालिका–६ तिलाहार र वडा नं ७ राजम्दोउराली जोड्ने रतीखोला मोटरेबल पुलको आइतबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले परिषद्का सदस्यले कुनै पार्टी वा नेताको निर्देशनमा काम गर्न नहुने र आफूले कहिल्यै त्यस्तो नगर्ने बताएका हुन ।

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोप्रति लक्ष्य गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का दुई सदनमध्ये आफू पनि एउटा सदनको अध्यक्षका हिसाबले परिषद्को सदस्य भएकाले आफूले त्यस्तो नगर्ने बताए ।

उनले परिषद्को अध्यक्षका रुपमा प्रधानमन्त्रीले गरेको निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिए ।

उनले भने, “आफ्नो नेता वा पार्टीले के भन्छ होइन । परिषद्को बैठकमा भएका निर्णय मान्नुपर्छ । निर्णयमा चित्त नबुझे पनि अदालतमा जान हुँदैन । कानून बनाउने विषयलाई सभामुखले अड्काउने होइन, सहजीकरण गर्नुपर्छ ।”

अध्यक्ष तिमिल्सिनाले अदालतको निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा विघटनका विषयमा अहिले सर्वोच्च अदालतमा बहस भइरहेकाले अदालतको निर्णय नै सर्वेसर्वा हुने बताए । उनले अदालतलाई प्रभावित पार्ने काम कसैले गर्न नहुने बताउँदै अदालतको फैसलाका आधारमा आगामी चुनाव हुने-नहुने टुङ्गो लाग्नेसमेत बताए ।

अध्यक्ष तिमिल्सिनाले मुलुक विकास निर्माण र समृद्धिको युगमा अघि बढेको बताउँदै लामो समयको राजनीतिक अस्थिरतापछि अहिले मुलुकभर विकास निर्माणको लहर अघि बढेकले यसमा आम नागरिकले साथ, सहयोग र खबरदारी गर्नुपर्ने बताए ।

सडक, पुल, खानेपानी, सिँचाइ, स्वास्थ्य जस्ता पूर्वाधारहरु निर्माणले गति लिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि मुलुक समृद्ध बन्ने बताए ।

उनले विकास निर्माणका कामहरुमा कुनै पनि पक्षले राजनीति गर्न नहुने बताउँदै सबैले एकमत भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : ०९ बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।