— दत्तिवनको १० ग्राम धूलोमा २५० मिलिलिटर पानी मिलाई ३/४ पटक मुख कुल्ला गर्नाले रगत बग्न कम हुन्छ ।
— बिहान–साँझ दिनमा २ पटक कागतीको रसले मुखमा हल्का मालिस गर्नाले लाभ मिल्दछ ।
— नागकेशर र रक्तचन्दनलाई समान मात्रामा मिलाई धुलो पाउडर बनाउनुहोस् । उक्त धुलोमा केही मात्रामा मह मिलाई दाँत माझ्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।
—फिटकिरी, सौफ, कालो मरिच, पिपल, अमला, सेतो नुन र सुपारीलाई समान मात्रामा मिलाई धुलो (पाउडर) बनाई ब्रस गर्नाले दाँतबाट रगत आउन कम हुनका साथै दाँतसम्बन्धी सम्पूर्ण रोगविरूद्ध लड्न मद्दत मिल्छ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया