अमेरिकी सिनेटबाट १९ खर्ब डलरको राहत प्याकेज पारित « Khabarhub

अमेरिकी सिनेटबाट १९ खर्ब डलरको राहत प्याकेज पारित


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेटले १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित गरेको छ ।

शुक्रबार र शनिबार भएको मतदानबाट सिनेटले उक्त प्याकेजलाई पारित गरेको हो । प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो ।

डेमोक्र्याटिक पार्टीका ५० सिनेटरले राहत प्याकेजको पक्षमा मत हालेका थिए भने रिपब्लिकनका ४९ जनाले विपक्षमा मत हालेका थिए ।

जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति जो बाइडेनले पहिलो पटक सिनेटबाट आफ्नो प्रस्ताव पारित गराएका छन् ।  उक्त प्रस्तावलाई अब तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पनि पारित गरिएपछि कार्यान्वयनको बाटो खुल्नेछ ।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म  रकम दिने व्यवस्था छ ।

यसअघि गत वर्ष पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्यकारी आदेशमा हस्ताक्षर गरेर २० खर्ब डलरको राहत प्याकेज  ल्याएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : ५० बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६