अमेरिकी सिनेटबाट १९ खर्ब डलरको राहत प्याकेज पारित « Khabarhub

अमेरिकी सिनेटबाट १९ खर्ब डलरको राहत प्याकेज पारित


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेटले १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित गरेको छ ।

शुक्रबार र शनिबार भएको मतदानबाट सिनेटले उक्त प्याकेजलाई पारित गरेको हो । प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो ।

डेमोक्र्याटिक पार्टीका ५० सिनेटरले राहत प्याकेजको पक्षमा मत हालेका थिए भने रिपब्लिकनका ४९ जनाले विपक्षमा मत हालेका थिए ।

जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति जो बाइडेनले पहिलो पटक सिनेटबाट आफ्नो प्रस्ताव पारित गराएका छन् ।  उक्त प्रस्तावलाई अब तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पनि पारित गरिएपछि कार्यान्वयनको बाटो खुल्नेछ ।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म  रकम दिने व्यवस्था छ ।

यसअघि गत वर्ष पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्यकारी आदेशमा हस्ताक्षर गरेर २० खर्ब डलरको राहत प्याकेज  ल्याएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : ५० बजे

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार