‘मिस्टर एन्ड मिस रौनियार’ले देखाए प्रतिभा « Khabarhub

‘मिस्टर एन्ड मिस रौनियार’ले देखाए प्रतिभा


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस रौनियार २०२१’का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, प्रहसन, कवितावाचन, वक्तृत्वकलाजस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन् । एमी इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा २१ जना प्रतियोगीहरु छन् ।

जसमध्ये ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन् । काठमाडौंका ११ जना प्रतियोगीले काठमाडौंका जमलस्थित नाचघरको मिनी हलमा शनिबार आफ्नो ट्यालेन्ट शो देखाएका हुन् ।

ट्यालेन्ट शोमा प्रतियोगीहरु आचल रौनियार, पप्पु रौनियार, सर्वजीत रौनिया र सोमन रौनियारले नृत्य प्रस्तुत गरेका थिए । सालु रौनियारले विभिन्न क्यारिकेचर गरेर सबैलाई हसाउदा खुस्बु रौनियारले कविता सुनाइन् । अर्की प्रतियोगी नन्दिनी रौनियारले नारी यौन हिंसाबारे आफ्नो धारणा राखिन् ।

ट्यालेन्ट शोमा शिक्षा गुप्ता, राज रौनियार, अस्मित रौनियार, अंकित रौनियारले विभिन्न गीतहरु गाएर आफ्नो प्रतिभा देखाए ।

ट्यालेन्ट शोको निर्णायकमा अभिनेता रणधीर शाह, सञ्चारकर्मी सरिता भारती, ‘मिस रौनियार २०१९’ विजेता प्रिती रौनियार र मोडल तथा कलाकार भरत रौनियार थिए ।

राजन रौनियार र एमी रौनियारद्वारा आयोजित दोश्रो संस्करणको यो प्रतियोगिताको फिनाले आगामी फागुन २९ गते शनिबार नाचघरमा हुँदैछ ।

यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीहरुमा विराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार, अजय रौनियार रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : २० बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म