शिवरात्रीमा ‘अनुप्रस्थ’को ‘सम्झेर मलाई’ « Khabarhub

शिवरात्रीमा ‘अनुप्रस्थ’को ‘सम्झेर मलाई’


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’को टिजर सार्वजनिक भएको छ । व्याण्डले यसको पूर्ण गीतलाई यसै शिवरात्रीको अवसर पारेर बिहीबार राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा सार्वजनिक गर्दैछ । गीत सार्वजनिकसँगै व्याण्डले आफ्नो प्रस्तुति पनि दिनेछ ।

सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’को उपाधि जितेपछि यो व्याण्ड चर्चामा आएको हो । त्यसयता व्याण्डले विभिन्न गीतहरु संगीत पारखीलाई दिइसकेको छ ।

व्याण्डको संस्थापकमा गायक तथा गीतारिष्ट निरन शाही र गितारिष्ट गोविन सुनुवार छन् । उनीहरुसँगै बाशिष्टमा लक्षण डंगोल, ड्रममा मञ्जिलराज श्रेष्ठ र मादलमा सुरेश डंगोल महर्जन छन् ।

यो गीतको भिडियोमा व्याण्डले पहिलोपटक टुडी एनिमेसनको प्रयोग गरेको छ । यो नेपाली संगीत उद्योगमा सम्भवत पहिलो प्रयोग हो । भिडियो निफ्टी कन्सेप्ट स्टुडियोले निर्माण गरेको हो । भिडियोमा भावना बराइली फिचर्ड छिन् ।

व्याण्डले आफ्नो युट्युब च्यानल अनुप्रस्थ व्याण्ड अफिसियलबाट भिडियो रिलिज गर्दैछ । भिडियो अनुप्रस्थको डिजिटल सामाग्रीको उत्पादन तथा बजार व्यवस्थापन गरेको पीभीई नेटवर्कले भिडियो सार्वजनिक कार्यक्रमको व्यवस्थापन गर्दैछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल