सर्वोच्चको फैसला अपेक्षा विपरीत : दाहाल (भिडियोसहित) « Khabarhub

सर्वोच्चको फैसला अपेक्षा विपरीत : दाहाल (भिडियोसहित)


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्।

सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त धारणा व्यक्त गरेका हुन् ।

हेरौँ भिडियो

दाहालले भने-‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन। फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ।’

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नाम विवादमा आइतबार फैसला सुनाएको हो।

सर्वोच्चले नेकपा नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ।

सर्वोच्चको फैसला अनुसार अब एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्र र एमाले ब्युँतिएपछि अब ती दुबै दल एक हुने भए फेरी प्रक्रिया सुरु गर्नुपर्ने छ।

हाल प्रतिनिधिसभा विघटन मुद्धाले नेकपा विभाजित जस्तै देखिएका बेला सर्वोच्चको यो फैसलाले सूर्य चिन्ह र एमाले ओली पक्षलाई तथा माओवादी केन्द्र र हसिया हतौडा चिन्ह प्रचण्ड पक्षलाई बनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ०० बजे

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना