सप्तरीमा पेस्तोलसहित दुई पक्राउ « Khabarhub

सप्तरीमा पेस्तोलसहित दुई पक्राउ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राजविराज नगरपालिकाबाट आज दुई युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहिसकेका विष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।

राजविराजमा स ७ प ९६७० नम्बरको मोटरसाइकलमा घुमिरहेका चालक शर्मा र मोटरसाइकल पछाडि सवार विष्णुपुर–५ का १९ वर्षीय प्रमोद साहलाई राजविराज–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

विशेष सूचना पाएका जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राजविराजको टोलीले उनीहरुलाई एक थान कटुवा पेस्तोल र दुई थान गोलीसहित पक्राउ गरेको जनाइएको छ ।

शर्माका साथबाट २०७४ जेठ १३ गते पनि एक थान कटुवा पेस्तोल र सोमा लाग्ने तीन थान गोली फेला परेको थियो । उक्त मुद्दामा शर्मा ११ महीना कैदमा बसेको थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : १७ बजे

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा