सर्वोच्चको फैसलापछि ‘दाहाल-नेपाल’ समूह आकस्मिक छलफलमा « Khabarhub

सर्वोच्चको फैसलापछि ‘दाहाल-नेपाल’ समूह आकस्मिक छलफलमा


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै नेकपा दाहाल–नेपाल समूह आकस्मिक छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो ।

सिंहदरबारमा पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरु बैठकमा जुटेका हुन् । आकस्मिक बैठकमा शीर्ष नेताहरुले अबको रणनीति तय गर्न सक्ने बताइएको छ ।

अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ ।

सर्वोच्चले नेकपाको आधिकारिक स्वामित्व ऋषिराम कट्टेलसँग नै रहेको फैसला गरेपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ ।

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नाम विवादमा आइतबार फैसला सुनाएको हो।

सर्वोच्चले नेकपा नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ।

सर्वोच्चको फैसला अनुसार अब एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्र र एमाले ब्युँतिएपछि अब ती दुबै दल एक हुने भए फेरि प्रक्रिया सुरु गर्नुपर्ने छ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ०६ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ