सर्वोच्चको फैसला स्वीकार्य : नेता नेम्वाङ « Khabarhub

सर्वोच्चको फैसला स्वीकार्य : नेता नेम्वाङ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको फैसलालाई स्वीकार गर्ने र कानूनसम्मत रुपमा अघि बढ्ने टिप्पणी गरेका छन् ।

अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने आदेश गरेपछि नेकपा एमाले र माओवादी केन्द्र जीवीत बनेको छ । उपनेता नेम्वाङले समेत अदालतको फैसलापछि जेठ ३ गतेअघिको अवस्थामा फर्किएको बताए ।

उनले भने,‘अदालतको फैसलाले एकीरणपूर्वको अवस्थामा पुगेको घोषणा गर्‍यो । त्यो यथास्थितिबाट कानूनबमोजिम अगाडि बढ्छौँ ।’

उनले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनिसकेको अवस्थामा संविधान र कानूनअनुसार अघि बढ्ने बताए ।

उनले भने,‘अदालतको आदेशको सम्मान गर्दै हामी संविधान र कानूनबमोजिम अघि बढ्छौं ।’

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेपछि पूर्वमाओवादीका नेता देव गुरुङले भने नामका बारेमा मात्रै सर्वोच्चले फैसला गरेको भन्दै अदालतको फैसला आउने समय बेठिक रहेको बताए ।
उनले भने,‘न्याय इनटाईममा दिनुपर्थ्यो । बेठिक टाइममा चाहीँ न्याय दिने काम भयो । यसले पार्ने साईड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जाँदैन । नामको बारेमा मात्रै गरेको हो । ३ वर्षमा धेरै काम भएको छ ।’

नेता गुरुङले पूर्व एमाले र माओवादी केन्द्रका रुपमा अघि बढ्ने सम्भावना कमजोर रहेको बताए पनि सर्वोच्चको फैसलापछि भने एकीकरणको अवस्थामै पुगेको बताए ।

सर्वोच्चले नेकपाको आधिकारिक स्वामित्व ऋषिराम कट्टेलसँग नै रहेको फैसला गरेपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ३० बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले