संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्य : नेतृ भुसाल | Khabarhub Khabarhub

संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्य : नेतृ भुसाल


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएकी छिन् ।

संसद बैठकमा बोल्दै नेतृ भुसालले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्वीकार्य रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागतयोग्य भएको बताइन् ।

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सचेतक भुसालले बैठक सहज सुचारु हुन नसकेकोमा पनि गम्भीर रुपमा लिएको बताइन् ।

यसैगरी नेपाली कांग्रेसका सांसद बालकृष्ण खाणले संवैधानिक परिषद सम्बन्धी अध्यादेश असंवैधानिक भएको तर्क गरे ।

त्यसलगत्तै नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन् ।

उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ०४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग