सर्वोच्चको फैसला स्वीकार गर्ने ओली पक्षीय संसदीय दलको निर्णय « Khabarhub

सर्वोच्चको फैसला स्वीकार गर्ने ओली पक्षीय संसदीय दलको निर्णय


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक नेकपा ओली पक्षले सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्दै अघि बढ्ने निर्णय गरेको सांसद खिमलाल भट्टराईले जानकारी दिए ।

बैठकमा ओलीले सर्वोच्चको फैसलापछि राजनीति २०७५ जेठ ३ अघि फर्किएको बताएका थिए । ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले विश्वासको मत लिने र सरकारलाई अघि बढाउने पनि बताएको नेता भट्टराईले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टि पनि जनाएका थिए । सभामुखले प्रचलित परम्पराअनुसार संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भट्टराईले बताए ।

यस्तै ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएका थिए । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : २० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय