सलमान खानका यी फ्लप केमियो « Khabarhub

सलमान खानका यी फ्लप केमियो


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– जब पर्दामा दुई दमदार स्टार कलाकार एकसाथ देखिन्छन्, ती फिल्मप्रति दर्शकको चासोले एउटा नयाँ उचाई लिन्छ । त्यहीकारण पनि बलिउडमा विशेषत स्टार कलाकारको भीड लगाउने गरिन्छ ।

बलिउडमा कैयौं कलाकारहरु आफ्ना समकालिनदेखि नयाँ कलाकारको फिल्ममा केमियो गरिरहन्छन् । बलिउडमा सलमान खानलाई ‘केमियोका राजा’ नै मानिन्छ ।

यिनै सलमान अभिनेता शाहरुख खानको फिल्म ‘पठान’मा केमियो गर्दैछन् । तर बलिउडमा सलमानको इतिहास हेर्ने हो भने उनले केमियो गरेका सबै फिल्म बक्सअफिसमा फ्लप साबित भएका छन् । बलिउड लाइफले सलमानको फ्लप केमियोका बारेमा यो समाचार तयार पारेको छ ।

अभिनेता सलमानले शाहरुखको पछिल्लो फिल्म ‘जीरो’मा धमाकेदार केमियो गरे । तर फिल्म बक्सअफिसमा पूर्ण रुपले फ्लप भयो ।

अभिनेता आदित्य पञ्चोलीका छोरा सूरज पञ्चोली र अभिनेता सुनील सेठ्ठीकी छोरी आथिया सेठ्ठीको डेब्यू फिल्म ‘हीरो’को एक गीत ‘मैं हू हिरो तेरा’मा गीत गाएका थिए । फिल्ममा सलमानको चर्चा भए पनि बक्सअफिसमा फिल्मले सफलताको चर्चा पाउन सकेन ।

सलमानले अभिनेता धर्मेन्द्र, सनी देओल र बबी देओलको हिट फिल्म ‘यमला पगला दीवाना’को सिरिज ‘यमला पगला दीवाना फिर से’मा केमियो गरे । तर फिल्म पूर्ण रुपमा असफल बन्यो ।

सलमानले फिल्म ‘वेलकम टू न्यूयोर्क’मा अभिनेत्री सोनाक्षी सिन्हाका साथ एक केमियो दृश्य दिएका थिए । यो फिल्म हेर्ने सायद जोकोहीले सम्झन सक्छन् । जसले जति सम्झिए पनि फिल्मको कमाई भने बिर्सनयोग्य नै थियो ।

अभिनेता अक्षय कुमारको फिल्म ‘तीस मार खाँ’को एक गीतमा सलमान अक्षयसँग देखिएका थिए । फिल्मको गीत चले पनि फिल्म चाहिँ फ्लप भयो ।

अजय देवगन र सोनाक्षी सिन्हाको फिल्म ‘सन अफ सरदार’मा सलमानले एक केमियो गरेका थिए । यो फिल्ममा उनी अजयसँग देखिएका थिए । तर फिल्मले सोचे अनुसार व्यापार गर्न सकेन ।

निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘सावरिया’मा सलमानले केमियो गरेका थिए । अभिनेता रणवीर कपूरको डेब्यू यो फिल्म उनका लागि पहिलो गाँसमै ढुंगा साबित भयो ।

अक्षय कुमार स्टारर फिल्म ‘फुगली’मा पनि सलमानले केमियो गरेका थिए । यो फिल्ममा उनी अक्षयसँग नाँचेका थिए । तर न त फिल्म चल्यो न त गीत नै ।

अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘फटा पोस्टर निकला हिरो’मा पनि यस्तै समस्या सलमानले भोग्नुपर्यो । सलमानले केमियो गरे पनि फिल्म बक्सअफिसमा उत्कृष्ट केमियो गर्न सकेन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ११ : ३० बजे

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका