एक प्रेरक प्रसङ्ग ‘साँचो ज्ञान’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘साँचो ज्ञान’


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्त नान इन एक प्रसिद्ध महात्मा थिए । उनी सामु एक विद्वान् धर्मज्ञान प्राप्त गर्ने आकाङ्क्षा लिएर आए । नान इनले उनलाई आदरपूर्वक बसाए, तर धेरै बेरसम्म बोलेनन् ।

चिया तयार भएपछि उनले कितलीबाट कपमा खन्याउन थाले । गिलास भरिएर नपोखिञ्जेलीसम्म उनले चिया कपमा खन्याइरहे ।

यो देखेर ती विद्वानले भने— यो तपाइँले के गरिरहनुभएको ! कप त भरिइसक्यो तर पनि तपाइँ चिया हालिरहनुभएको छ ?

सन्त नान इनले भने— यही कुरा म तपाइँलाई भन्न खोजिरहेको छु । तपाइँमा विद्वात्ता र बाहिरी ज्ञान पूर्ण भरिएको छ । यदि मैले धर्मको बारेमा केही भनेँ भने तपाईंभित्र त्यो जाने छैन । तपाइँका लागि त्यो व्यर्थ हुनेछ । जसरी कपको बाहिरको चिया व्यर्थ बगिरहेको छ । साँचो ज्ञान प्राप्त गर्नका लागि त भित्रबाट खाली हुनुपर्नेछ । पूर्वज्ञानको अहङ्कारबाट जबसम्म मुक्त हुनुनुहुन्न, साँचो ज्ञान हासिल हुँदैन ।

साभार – ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया