नेपाल भाषा माध्ययम मात्रै हो – मेयर शाक्य « Khabarhub

नेपाल भाषा माध्ययम मात्रै हो – मेयर शाक्य


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई सदाकालका लागि जिवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै नेवा पत्रकार राष्ट्रिय दबुले महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको छ ।

अभिनन्द गर्नुअघि अभिनन्दित व्यक्तिलाई ‘नेपा झिगु मांदेय् खः नेपाल भाषा झिगु मांभाय् खः’ अर्थात ‘नेपाल हाम्रो आमा हो, नेपाल भाषा हाम्रो मातृ भाषा हो’ भन्ने नारा लेखिएका व्यानर र नेवारी संस्कृति झल्किने बाजा–गाजासहित काठमाडौँका विभिन्न चोकको परिक्रममा गराइएको थियो ।

र्‍यालीपछि बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गरी उप्रधानमन्त्री ईश्वर पोख्रेलको प्रमुख आथित्यतामा सम्मान गरिएको थियो । कार्यक्रममा जनकवी दुर्गालाल श्रेष्ठ पनि लठ्ठी टेकेर अतिथिको रुपमा सहभागी हुन पुगेका थिए ।

अभिनन्दनपछि सम्वोधन गर्दै मन्त्री पोख्रेलले स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई सदाकालका लागि जिवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुखसहितलाई धन्यवाद दिए ।

‘नेवार जाति इतिहासका जिवित तथ्य हो,’ मन्त्री पोखरेलले भने, ‘नेपालीहरुको इतिहास जातिय पहिचान हो । यहि कुरालाई ख्याल गरेर काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रमसहित पठन–पाठन सुरु गर्नु ठूलो कुरा हो । केही ढिला सुरु भयो तर, यो उत्तम काम हो ।’

कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल भाषाको पाठ्यक्रमलाई व्यवस्थित ढंगले लागु गर्नुपर्ने भन्दै सरकारको पनि पूर्ण समर्थन रहेको प्रतिवद्धता व्यक्त गरे ।

‘काठमाडौँ महानगरपालिकाले पाठ्क्रमसहित पाठ्यपुस्तक छापेर पठन–पाठन सुरुका लागि शिक्षक छनोटको काम समेत सम्पन्न गरेको सुन्दा खुशी लाग्यो,’ मन्त्री श्रेष्ठले भने, ‘अब यो सबै स्थानीय तह र १०,११, २१ मा पनि लागु गर्दै राष्ट्रव्यापि बनाउनुपर्छ ।’

कार्यक्रममा प्रमुख शाक्यले यो चुनौतिपूर्ण काम भएको भन्दै केन्द्र सरकारले समेत स्वामित्व ग्रहण गरेकोमा खुशी लागेको बताए ।

‘हामीले स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई जिवन्त राख्न यो चुनौतिपूर्ण कामलाई अघि बढाएका हौँ,’ प्रमुख शाक्यले भने, ‘स्थानीय तहले गरेको कामलाई केन्द्र सरकारले समेत स्वामित्व ग्रहण गर्दा खुशी लागेको छ । केन्द्र सरकारको समेत साथ र सहयोगले व्यवस्थित ढंगले लागु गरेर अघि बढ्न सकारात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

उनले नेपाल भाषा पढाउन भन्दा पनि माध्ययम नेपाल भाषा भएको स्मरण गराए । उनले शुद्ध नेपाल भाषा नै पठनपाठन गराउन नलागेको पनि बताए । ‘हामीले नेपाल भाषा पढाउन लागेका होइनौँ । माध्ययम मात्रै नेपाल भाषा हो,’ उनले भने, ‘यहाँको कला, संस्कृति, रहन–सहन, यहाँको रितिरिवाज, यहाँको भूगोल, इतिहासबारे जानकारी गराउने माध्ययम स्थानीय पाठ्यक्रम बनाएर पठाउने माध्ययम मात्रै नेपाल भाषा गरेका हौँ । यो शुद्ध नेपाल भाषा होइन, माध्ययम मात्रै हो ।’

कार्यक्रममा सम्वोधन गर्नेक्रममा जनकवी दुर्गालाल लामो समयदेखिको सपना पूरा भएको भन्दै भाबुक बने । ‘नेपाल संसारमा परिचित गराउन चाहिने उसको पहिचान भनेको राष्ट्रिय सम्पदाको सुरक्षा पहिलो हो । त्यो सुरक्षा कहिले हुन्छ त रु,’ उनले भने, ‘जब बच्चाहरुबाट त्यहाँको पहिचान सम्बन्धि कुरालाई आत्मसाथ गरेको हुन्छ । त्यसैबाट मात्रै हामी अभिमानसाथ संसारको अघिल्तिर हाम्रो नेपाल भनेर उभिन सक्ने हुन्छौँ ।’

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : १८ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको