कञ्चनपुरमा कोरोना संक्रमित एक जनाको मृत्यु « Khabarhub

कञ्चनपुरमा कोरोना संक्रमित एक जनाको मृत्यु


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका १५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भारतको गुजरातबाट चैत २२ गते फर्केका उनलाई कोरोना संक्रमण देखा परेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए ।

मृत्यु भएका कोरोना संक्रमितको आज शव व्यवस्थापनको कार्य गरिने बताइएको छ। कोरोनाको दोस्रो संक्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ।

यस अघि कञ्चनपुरमा कोरोनाको संक्रमणका कारण १४ जनाले ज्यान गुमाई सकेका छन्। हालसम्म कोरोनाको दोश्रो लहर फैलिए पछि एन्टिजेन विधिबाट एक हजार नौ सय ८० जनाको परिक्षण गरिएका मध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ।

जसमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन्। मंगलवार मात्रै भीमदत्त नगरपालिका २ का दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ५२ बजे

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा