चीनबाट ल्याएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै « Khabarhub

चीनबाट ल्याएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनबाट ल्याएको कोरोनाभाइरसविरुद्धको खोप ‘भेरोसेल’ आजदेखि लगाइँने भएको छ ।

सरकारले यो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लामा लगाउने भएको छ ।

यो खोप यसअघि प्रथामिकतामा परेर लगाउन नपाएका, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट कम्पनीमा काम गर्ने, औषधि, फलफूल, तरकारी व्यापारी प्रध्यापकलाई लगाइने जनाइएको छ ।

खोप काठमाडौं उपत्यकाकामा १४ वटा स्वास्थ्य संस्थामार्फत लगाइनेछ । खोप वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र , नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायत अस्पतालमा लगाउने व्यवस्था गरिएको छ ।

चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोनाविरुद्धको खोप चैत १६ गते नेपाल आइपुगेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ३२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु