काठमाडौँ उपत्यकामा वर्षभरमा कम्तीमा ५ सय ठाउँमा लाग्छ आगो | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा वर्षभरमा कम्तीमा ५ सय ठाउँमा लाग्छ आगो



काठमाडौँ— नेपालमा यति वेला देशभर झन्डै ६०० ठाउँमा डढेलो लागेको छ । यो आगलागीको मौसम हो । आगलागीले कतिपय ठाउँमा गाउँटोल नै सखाप हुने गरेका छन् ।

काठमाडौँ उपत्यकामा पनि आगलागीका घटना हुन्छन् । यहाँका तीन जिल्लामा मात्रै वर्षभरिमा ५ सय वटाभन्दा बढी आगलागीका घटना हुने गरेका छन् ।

आगो नियन्त्रणमा काठमाडौँ महानगर, सशस्त्र प्रहरी र नेपाली सेनाका दमकल प्रयोग हुने गरेका छन् ।

अव्यवस्थित शहरीकरण र जताततै गुजुल्टा परेका अनेक प्रकारका तारहरूका कारण काठमाडौँ उपत्यकामा आगलागीका घटना हुने गरेका छन् ।

काठमाडौँ महानगरपालिका जुद्ध वारुण यन्त्रको कार्यालयका अनुसार काठमाडौँ जिल्लामा मात्र वर्षभरिमा २५० देखि ३ सय वटा आगलागीका घटना हुने गरेका छन् । वर्षभरिमा ललितपुरमा कम्तीमा १५० र भक्तपुरमा कम्तीमा सय वटा आगलागीका घटना हुने गरेका छन्  ।

जुद्ध वारुण यन्त्र काठमाडौँ कार्यालयका प्रमुख किशोरकुमार भट्टराईका अनुसार विशेष गरी शहरी क्षेत्रमा विद्युत सर्ट र खाना पकाउने ग्यास चुहावटका कारण बढी आगलागीका घटना हुने गरेका छन् । सबैभन्दा बढी आगलागीका घटना विद्युतकै पोलमा हुने गरेका छन् ।

‘जुद्ध वारुण यन्त्र’ नेपालको पहिलो दकमल हो । नेपाल सरकारले जुद्ध वारुण यन्त्र कार्यालय २०६५ मा स्थानीय सरकार अन्तर्गत काठमाडौँ महानगरपालिकाललाई हस्तान्तरण गरेको थियो ।

त्यसयता महानगरले उपत्यका लगायत केही बाहिरी जिल्लाहरूमा आगो नियन्त्रणका लागि काम गरिरहेको छ । महानगरसँग अहिले ५ वटा दमकल छन् । जसमध्य ३ सञ्चालनमा छन् भने २ वटा बिग्रिएर थन्किएका छन् ।

आगलागीको सम्भावित विपद् व्यवस्थापन गर्न ६० मिटर अग्लो भर्‍याङसहित र ६ हजार लिटर क्षमताको पानी ट्याङ्की भएको दमकल गरी ३ वटा अत्याधुनिक उपकरण खरिद प्रक्रियामा रहेको काठमाडौँ महानगरले जनाएको छ ।

अहिले १० तलासम्मको आगलागी नियन्त्रण गर्न सक्ने क्षमताका ३ वटा दमकलले काम गरिरहेको बताउँछन् कार्यालय प्रमुख भट्टराई ।

उनले भने, ‘आगलागीको प्रकृति हेरेर काठमाडौँ उपत्यकासँगै नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा हाम्रा दमकल पुग्ने गरेका छन् ।’

फायर मोटरसाइकल

जुद्ध वारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख भट्टराईका अनुसार दमकल नछिर्ने साँघुरा ठाउँमा आगलागी नियन्त्रण गर्न ‘फायर बाइक’ पनि प्रयोग हुने गरेको छ ।

‘निजी क्षेत्रसँगको सहकार्यमा कार्यालयको अवधारणा तथा डिजाइनमा १० फायर बाइक तयार गरिएको छ,’ भट्टराईले भने, ‘आपतकालीन सेवाका लागि ललितपुर र भक्तपुर महानगरलाई एकएक वटा फायर बाइक सहयोग गरेका छौँ ।’

उनका अनुसार सामान्यतया साना आगलागी नियन्त्रणका लागि फायर बाइक प्रयोग गर्ने गरिएको छ । ‘दमकल जाँदा र पाइप बिछ्याउँदा बढी समय लाग्छ’ उनले भने, ‘फायर बाइक घरको दैलोसम्म पुग्छन् तर आगो बढ्दै गयो भने दकमल नै चाहिन्छ ।’

आगो नियन्त्रणका लागि केमिकल फोम पनि प्रयोग गर्ने गरिएको छ ।

साँघुरा गल्लीमा पाइपलाइन

दमकल पुग्न नसक्ने साँघुरा र भित्री बाटामा पानीको पाइपलाइन बिछ्याउने काम पनि हुन थालेको छ ।

भट्टराई भन्छन्, ‘विशेष गरी दमकल पुग्न नसक्ने गरी बाक्लो बस्ती भएका ठाउँमा आगलागी नियन्त्रण गर्न पाइपलाइन बिछ्याउनुपर्छ ।’ आगलागीका घटना पनि यस्तै ठाउँहरुमा बढी हुने गरेको छ ।

उनका अनुसार अहिले काठमाडौँ महानगरको वडा नम्बर २४, असनमा क्षेत्रमा पाइपलाइन बिछ्याइएको छ । प्राथमिकताका अधारमा अन्य वडाहरूमा पनि पाइपलाइन बिछ्याउने योजना रहेको भट्टराईको भनाइ छ ।

काठमाडौँमा आगलागी हुँदा अविलम्ब दमकल पुर्‍याउन चार ठाउँमा वारुण यन्त्रको कार्यालय निर्माण गर्ने महानगरको योजना छ । अहिले बौद्धमा एउटा दमकल राखिएको छ । कोटेश्वर, र कलंकी क्षेत्रमा पनि ठाउँ खोजी भइरहेको भट्टराइले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ११ : ४५ बजे

चाँगुनारायण क्षेत्रभित्र ऊर्जामैत्री भवन निर्माण गर्न आग्रह

भक्तपुर – चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र ऊर्जामैत्री भवन

बारको चुनावमा डीएलए र पीपीएलएको गठबन्धन

काठमाडौं – नेपाल बार एशोसिएशनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन,

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सर्लाही – आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक

विकास योजनालाई समयमै सम्पन्न गर्न पूर्वमन्त्री शर्माको आग्रह

दाङ – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको