तेस्रो चरणको भूपू सैनिक सम्मेलन समापन « Khabarhub

तेस्रो चरणको भूपू सैनिक सम्मेलन समापन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी उपत्यका पृतनामा आज आयोजित भूपू सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू सैनिकको वीरता र समर्पणको सङ्गठनले कदर गर्ने विश्वास दिलाए ।

प्रत्येक सेनापतिको कार्यकालमा कम्तीमा एक पटक प्रदेशगत रुपमा सेनाले भूपू सैनिक सम्मेलन गर्दै आएको छ ।

उनले भने, “भूपू सैनिक, एकल महिला र अरु हिताधिकारीको आर्थिक र सामाजिकरुपमा जीवनस्तर उकास्न कल्याणकारी कार्यक्रममा सेवाग्राहीको थप पहुँच विस्तारको प्रयत्न भइरहेको छ ।”

सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई कोभिड–१९ खोप प्रदान गर्ने कार्यको शुरुआत भइसकेको पनि उहाँले जानकारी दिए । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नारामा सेनाले सम्मेलन गर्दै आएको छ ।

सकल दर्जाबाट अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशिने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसर सिर्जना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि सेनाले सैनिक कल्याणकारी गतिविधिमार्फत सम्बोधनका लागि अधिकतम प्रयास गर्दै आएको पनि प्रधानसेनापति थापाले बताए ।

सो अवसरमा तीन जिल्लामा बसोबास गर्ने मध्ये ज्येष्ठ भूतपूर्व सैनिक १०० वर्षीय नरबहादुर बस्नेत र १०४ वर्षीया एकल महिला गङ्गादेवी थापामगरलाई सम्मान गरियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने सात जना आमाबुबालाई सम्मान गरियो । कल्याणकारी कोषले सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल दत्तुप्रसाद तिमिल्सिना र भूपू सैनिक राजन खत्रीकी श्रीमतीलाई सम्मान गरेको थियो ।

त्यस अवसरमा फरक क्षमता भएका र अशक्त चार जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरियो । लघुवित्त कार्यक्रमअन्तर्गत सहुलियत ब्याजदरमा कर्जा लिएर उद्योग व्यवसाय सञ्चालन गर्न चाहने महिलालाई सेनाले उद्यमशील कर्जाको चेक पनि हस्तान्तरण गरेको थियो ।

समारोहमा बलाधिकृतरथी प्रभुराम शर्माले लडाइँ, बढाइँ, जिम्मेवारी र शान्ति सेनामा खटिदाका सहयात्रीसँग सुखदुख बढ्न सकियोस् भन्ने उद्देश्यका खातिर विशिष्टकृत परम्पराका रुपमा भूपू सैनिक सम्मेलन गरिँदै आएको बताए ।

पूर्वरथी बालानन्द शर्माले भूपू सैनिकका चाहना, पीरमर्का, सुझाव र प्रस्तावलाई सीमित स्रोत साधनका अलवा सङ्गठनले विस्तार गरेका कल्याणकारी कार्यक्रम सह्रानीय रहेको बताए ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी निर्देशक गौरव तण्डुलले कोषले महिला उद्यमीका लागि ज्यादै न्यून ब्याजदरमा कर्जा प्रवाह गरेकाले त्यसबाट लाभ लिन हिताधिकारीलाई सुझाव दिए ।

नेपाल राष्टिय भूपू सैनिक सङ्घका सभापति दीगम्बर शम्शेर राणाले कल्याणकारी कार्यक्रममार्फत भूपू सैनिक र एकल महिलाको जीवनस्तर उकास्न ठूलो योगदान पुगेको धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ४३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय