नेप्से २.८५ अंकले घट्यो, ७ अर्ब १४ करोड रुपैयाँको कारोबार « Khabarhub

नेप्से २.८५ अंकले घट्यो, ७ अर्ब १४ करोड रुपैयाँको कारोबार


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारको परिसूचक नेप्से बुधबार २.८५ अंकले घटेको छ । ०.११ प्रतिशतले घटेपछि नेप्से २६७१.६१ बिन्दुमा कायम भएको छ।

मंगलबार २६७४ अंकमा रहेर नेप्से ऐतिहासिक रेकर्ड कायम गरेको थियो । बुधबार भने सामान्य गिरावट आएको हो । आज बैंकिङ समूह ५.२३ अंकले बढ्यो । होटल तथा पर्यटनमा २३२ अंकको वृद्धि भयो । विकास बैंक ४० र माइक्रोफाइनान्स १०७ अंकले बढेका छन् । व्यापार १६३, जलविद्युत ३३, निर्जीवन बीमा २०१, उत्पादन ८०, अन्य १८ र लगानी समूह १ अंकले घटेको छ ।

पाँच कम्पनीको मूल्य करिब ९ प्रतिशतभन्दा बढी अंकले बढेको छ। महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावरको मूल्यमा उच्‍च वृद्धि रह्यो । आजको वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ९२५, चन्द्रागिरिको २५७८, एनआइसी एसिया लघुवित्तको १२७८, रिलायन्सको २७९, युनिभर्सलको १८१ रुपैयाँ कायम भएको छ ।

आज कुल ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को भयो । यो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले घटेर ५९२ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ५ : २८ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’