ओलीले विदेशी शक्तिसमक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डको आरोप | Khabarhub Khabarhub

ओलीले विदेशी शक्तिसमक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डको आरोप


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामु ‘आत्मसमर्पण’ गरेको आरोप लगाएका छन् ।

सल्यानको सल्लीबजारमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले संसद् विघटन गरेर विदेशी शक्तिसमक्ष आत्मसर्पण गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीलाई रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखाइल गोर्वाचोभ र जर्मनीका हिटलरसँग तुलना गर्दै ओली पनि सोही बाटोमा अघि बढेको टिप्पणी गरे ।

‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरू पनि देखिएका छन्,’ ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, ‘गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सकाए, हिटलरले आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी मान्थे ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसला ‘विचित्रको आएको’ भन्दै आफ्नो असन्तुष्टि पनि प्रकट गरे । उनले निवदेकले दाबी नै नगरेको विषयमा अदालतले फैसला सुनाएको आरोप लगाए । ‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो,’ उनले भने, ‘दुई दल बनाउने दाबी निवेदकको थिएन ।’

प्रचण्डले जनता प्रतिगमनविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । देशमा प्राप्त उपलब्धि सिध्याउने षड्यन्त्रप्रति सबै एकजुट भई लड्नुपर्ने कुरामा उनले जोड दिए । उनले आफ्नो बाँकी जीवन देश विकासका लागि हुने पनि बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ५ : ५५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने