ओलीले विदेशी शक्तिसमक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डको आरोप « Khabarhub

ओलीले विदेशी शक्तिसमक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डको आरोप


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामु ‘आत्मसमर्पण’ गरेको आरोप लगाएका छन् ।

सल्यानको सल्लीबजारमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले संसद् विघटन गरेर विदेशी शक्तिसमक्ष आत्मसर्पण गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीलाई रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखाइल गोर्वाचोभ र जर्मनीका हिटलरसँग तुलना गर्दै ओली पनि सोही बाटोमा अघि बढेको टिप्पणी गरे ।

‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरू पनि देखिएका छन्,’ ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, ‘गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सकाए, हिटलरले आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी मान्थे ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसला ‘विचित्रको आएको’ भन्दै आफ्नो असन्तुष्टि पनि प्रकट गरे । उनले निवदेकले दाबी नै नगरेको विषयमा अदालतले फैसला सुनाएको आरोप लगाए । ‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो,’ उनले भने, ‘दुई दल बनाउने दाबी निवेदकको थिएन ।’

प्रचण्डले जनता प्रतिगमनविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । देशमा प्राप्त उपलब्धि सिध्याउने षड्यन्त्रप्रति सबै एकजुट भई लड्नुपर्ने कुरामा उनले जोड दिए । उनले आफ्नो बाँकी जीवन देश विकासका लागि हुने पनि बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ५ : ५५ बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार