कोरोनाको जोखिम : ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न आग्रह « Khabarhub

कोरोनाको जोखिम : ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न आग्रह


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको हो ।

पछिल्लो समय नेपालमा पुनः कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले विभन्न १० बुँदे निर्णय गर्दै उक्त निर्णयहरु पालना गर्न/गराउन अनुरोध गरेको छ ।

जसअनुसार ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बढ्दो दरलाई मध्यनजर गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

घरबाहिर र सार्वजनिक स्थामा जाँदा मास्कको प्रयोगलाई अनिवार्य गराउने र माक्स प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी कडाइका साथ लागु गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी सूचना

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ७ : १५ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला