बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल « Khabarhub

बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँट गरिएको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाको हिजो बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले उठाएका विभिन्न प्रश्नको आज स्पष्टीकरण दिँदै सरकारले कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई आर्थिक मापदण्ड अपनाएर नै स्वर्गीय मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख उपलब्ध गराएको बताए ।

उनले आर्थिक मापदण्ड तयार पारी प्रदेशभित्र इन्धनबाट चल्ने सबै प्रकारका सवारी साधनलाई निषेध गर्दै अब विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया शुरु गरिसकिएको र सो अभियानमा प्राविधिकले दिएको राय सुझावअनुसार बस सञ्चालन गर्ने रुट निर्धारण गरिसकिएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँलगायत प्रदेशका विभिन्न जिल्लाको शहरमा जोड्ने विद्युतीय बस सञ्चालनका लागि प्रथम चरणमा ३० वटा बस खरीदका लागि बोलपत्र आह्वान गरिसकिएको जानकारी दिए ।

उनले विद्युतीय बस सञ्चालनका लागि अहिले त्रिभुवन राजपथ, नारायणगढदेखि काठमाडौँलगायत १० शहरमा ५० विद्युत् चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्रधिकरणले बोलपत्र आह्वान गरिसकिएको र केही महीनाभित्रै चार्जिङ स्टेशनको निर्माण भइसक्ने बताए ।

आगामी आव २०७८/७९ को भदौ महीनाको पहिलो हप्तासम्म विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको मुख्यमन्त्रीले अवगत गराए । उनले सरकारले विभिन्न जिल्लाको अस्पतालको स्तरोन्नति दक्ष जनशक्तिको चिकित्सकको दरबन्दीको सिर्जना, अत्याधुनिक प्रयोगशालाको स्थापना गर्नुका साथै उच्च शिक्षा अध्यापनका लागि मेडिकल र प्राविधिक विश्वविद्यालय स्थापना गर्दै लैजाने लक्ष्य रहेको बताए ।

मुख्यमन्त्री पौडेलको स्पष्टीकरणप्रति पछि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दलका नेता जम्मकट्टेलले सरकारले आर्थिक कार्यविधि र नियमावली तयार नगरी आफ्नो राजनीतिक स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले बिना कार्यविधि नै फाउण्डेशनलाई रु ५० लाख दिएको भन्दै त्यसबारे थप स्पष्ट पार्न आग्रह गरे ।

उनले विद्युतीय बस सञ्चालन गर्ने प्रक्रियालाई पुनः सबै प्रतिपक्षसँग बसेर विचारविमर्श गरी मापदण्ड तयार गर्नुपर्ने माग गर्दै आफ्नो पार्टीले बैठक अवरोध गर्ने बताए ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले नेकपा (माओवादी केन्द्र)का सांसदको अवरोधका कारण आज बस्ने दोस्रो बैठक पनि अवरुद्ध भई यही चैत २६ गते दिनको ११ बजे बस्ने गरी आजको बैठक स्थगन गरेका थिए ।

आजको बैठकमा पेश हुने विभिन्न कार्यसूचीको प्रस्ताव स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ४२ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो