राजदूत भण्डारी र कुवेतका सहायक विदेश मन्त्रीबीच भेटवार्ता « Khabarhub

राजदूत भण्डारी र कुवेतका सहायक विदेश मन्त्रीबीच भेटवार्ता


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार परराष्ट्र मन्त्रालयका एसिया मामिलाका लागि सहायक विदेश मन्त्री अली सुलेमान अल सईदबीच शिष्टाचार भेट भएको छ ।

कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा नेपाली श्रमिकहरूको रोजगारीको सुरक्षा, रोजगारीका थप सम्भावना तथा क्षेत्र विस्तारका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी उनीहरुबीच कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण उत्पन्न असहज परिस्थिति र यसको रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरूको बारेमा पनि कुराकानी भएको जनाइएको छ ।

भेटमा कुवेत सरकार परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपाली दूतावासका अन्य कर्मचारीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ४७ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा