काठमाडौंमा कार्यरत ९१ पत्रकारलाई कोरोना संक्रमण « Khabarhub

काठमाडौंमा कार्यरत ९१ पत्रकारलाई कोरोना संक्रमण


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंमा कार्यरत ९१ जना पत्रकारलाई कोरोनाभाइरसको संक्रमण भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका हुन् ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो ।

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका एक सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहितका पदाधिकारीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।

राष्ट्रिय समचार समिति (रासस), रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिकालगायतका २५ सञ्चार माध्याममा कार्यरत पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको अध्यक्ष अधिकारीले बताए ।

प्रतिष्ठान प्रदेशले कोरोना सङ्क्रमित पत्रकारको मनमोहन अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको भन्दै उपचारमा संलग्न सम्पूर्ण पत्रकारको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ५३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको