कर्णालीमा थप आठ सङ्क्रमितको मृत्यु « Khabarhub

कर्णालीमा थप आठ सङ्क्रमितको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३६, ४२ र ७३ वर्षीय पुरुष, लेकबेँसी नगरपालिका–५ का ३८ र छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ६५ वर्षीया महिला रहेका छन् ।

उनीहरू सबैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

त्यस्तै, जिल्ला अस्पताल सल्यानमा शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुष र जिल्ला अस्पताल दैलेखमा भैरवी गाउँपालिका–४ दैलेखका ४६ वर्षीय पुरुषको मृत्यु भएको डा खड्काले बताए ।

भेरी नगरपालिका–४ जाजरकोटका ४५ वर्षीया महिलालाई नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । डा खड्काका अनुसार पछिल्लो २४ घण्टामा ६१८ जनाको पिसिआर परीक्षणबाट ४०० र २६० जनाको एन्टिजेन परीक्षण गरिएकामा १०३ गरी जम्मा ५०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णालीमा हालसम्म नौ हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएकामा सात हजार ७४८ (७८ प्रतिशत) सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । हाल दुई हजार ८८७ जना आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ४८ बजे

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको

तस्बिरमा हेर्नुहोस्, सात दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं –  मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको