नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि | Khabarhub Khabarhub

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। साथै आज विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका कार्यक्रमहरु रहेको नेकपा एमाले संसदीय दलका उप नेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

आज उम्मेदवारको टुंगो लगाउनुअघि हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो।

बैठकमा पार्टीको तर्फबाट उठाउने उम्मेदवारलाई जित दिलाउन विभिन्न पक्षसँग छलफल गर्ने निर्णय भएको थियो। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ।

पहिले पनि थापाले नै चुनाव जितेको सिटमा फेरि पनि उनलाई नै उम्मेदवार बनाइने एमाले अध्यक्ष केपी ओलीले यसअघि नै बताइसकेका छन्।

साथै आज उम्मेदवारको टुंगो लगाउनुअघि नेकपा एमालेका दुवै समूहका नेताहरु पार्टीलाई एक ढिक्का बनाउने विषयमा छलफलमा जुटेका छन्। ओली र खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरुबीच पार्टी एकताका विषयमा हिजो विभिन्न चरणमा छलफल भएको थियो। राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउनुअघि दुवै पक्ष छलफलमा रहेको नेताहरुले बताएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : १० बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले