नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि « Khabarhub

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। साथै आज विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका कार्यक्रमहरु रहेको नेकपा एमाले संसदीय दलका उप नेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

आज उम्मेदवारको टुंगो लगाउनुअघि हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो।

बैठकमा पार्टीको तर्फबाट उठाउने उम्मेदवारलाई जित दिलाउन विभिन्न पक्षसँग छलफल गर्ने निर्णय भएको थियो। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ।

पहिले पनि थापाले नै चुनाव जितेको सिटमा फेरि पनि उनलाई नै उम्मेदवार बनाइने एमाले अध्यक्ष केपी ओलीले यसअघि नै बताइसकेका छन्।

साथै आज उम्मेदवारको टुंगो लगाउनुअघि नेकपा एमालेका दुवै समूहका नेताहरु पार्टीलाई एक ढिक्का बनाउने विषयमा छलफलमा जुटेका छन्। ओली र खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरुबीच पार्टी एकताका विषयमा हिजो विभिन्न चरणमा छलफल भएको थियो। राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउनुअघि दुवै पक्ष छलफलमा रहेको नेताहरुले बताएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : १० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।