उदयपुरमा आजदेखि निषेधाज्ञा « Khabarhub

उदयपुरमा आजदेखि निषेधाज्ञा


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सम्पूर्ण सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको बताए ।

पत्रकार तथा सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन् भने विवाह १५ जनासम्म जन्ती भेला हुन पाइनेछ ।

बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसेको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै