राष्ट्रियसभा उपनिर्वाचन : मनोनयन दर्ता गराउने समय १० बजेदेखि ४ बजेसम्म « Khabarhub

राष्ट्रियसभा उपनिर्वाचन : मनोनयन दर्ता गराउने समय १० बजेदेखि ४ बजेसम्म


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय बिहान १० बजेदेखि ४ बजेसम्म कायम गरिएको छ ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो ।

निर्वाचनका लागि नेकपा एमालेले भने उम्मेद्वार टु्ंग्याएको छैन । आजै स्थायी कमिटी बैठक बोलाएको छ ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

खाली भएको यो क्षेत्रमा एमालेले थापालाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ भने थापा जितको ग्यारेन्टी नभएसम्म उम्मेदवारी नदिने अडानमा छन् । जसका कारण अहिलेसम्म एमालेको तर्फबाट उम्मेदवार चयन भइसकेको छैन ।

संयुक्त गठबन्धनको तर्फबाट भने यो पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् । देवकोटा माओवादी, कांग्रेस र जसपाको संयुक्त उम्मेदवार हुन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति यसअघि विपक्षी दलहरुबीच भएको थियो ।

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ११ : ०५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले