मालदिभ्सका पूर्व राष्ट्रपतिमाथि बम हमला « Khabarhub

मालदिभ्सका पूर्व राष्ट्रपतिमाथि बम हमला


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन्।

माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि रहेका नाशिदमाथि हमला भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा उनी चढेको कार नजिकै विष्फोट भएको थियो।

मालदिभ्स प्रहरीले ट्विटमार्फत घटनाबारे जानकारी दिँदै घाइते भएका नाशिदको एक अस्पतालमा उपचार भइरहेको जनाएको छ।

अस्पतालका अनुसार मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको छ तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। उनका समर्थकहरु अस्पतालबाहिर भेला भएका छन्।

माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्वीटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ११ : १६ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती