अन्योलमा एसईई र १२ कक्षाको परीक्षा | Khabarhub Khabarhub

अन्योलमा एसईई र १२ कक्षाको परीक्षा


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको वार्षिक परीक्षा अन्योलमा परेको छ ।

परीक्षाको मिति नजिकिँदै जाँदा स्कुले विद्यार्थीहरूमा पनि संक्रमण दर बढेको छ । संक्रमण नियन्त्रण गर्न देशका करिब ६० जिल्लामा निषेधाज्ञा छ ।

यता राष्ट्रिय परीक्षा बोर्ड भने परीक्षाका बारेमा अनिर्णित छ । बोर्डले एसइई र १२ कक्षाको परीक्षाको तयारी पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले खबरहबसँग भने, ‘यो महिनाभर हामी रोक र हेर भन्ने अवस्थामा छौँ, कोरोना संक्रमणको अवस्था यस्तै रहेको खण्डमा आवश्यक निर्णय गर्छौं ।’

उनका अनुसार यो महिनाको अन्तिममा परीक्षाको विषयमा निर्णय हुनेछ । परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

‘परीक्षाको विषयमा बोर्डमा विभिन्न चरणमा छलफल पनि चलिरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘छलफल चलिरहेको छ तर अहिले नै केही भन्न मिल्दैन ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि परीक्षा सञ्चालनको विषयमा अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘संक्रमणको अवस्था हेरेर यो महिनाको अन्तिममा आवश्यक निर्णय गछौँ ।’

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डले गत एसईई जेठ १३ गते र १२ कक्षाको परीक्षा जेठ २६ गते शुरू हुने गरी गत फागुन २६ गते तालिका सार्वजनिक गरेको थियो ।

स्थगन गर्न सुझाब

एसइई र १२ कक्षाको परीक्षा तत्कालको लागि रोक्नुको विकल्प नरहेको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ । उनले भने, ‘विद्यार्थीहरूले घरबाटै परीक्षा दिने गरी वैकल्पिक उपाय खोज्नुपर्छ ।’

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर तत्कालको लागि परीक्षा स्थगित गर्नुपर्ने पनि उनले बताए ।

काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणसाद गौतमले पनि पूर्वनिर्धारित समयमा परीक्षा सञ्चालन गर्न नसकिने बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा भौतिकरूपमा परीक्षा सञ्चालन गर्दा संक्रमण भयावह हुन्छ ।’

अहिल परीक्षा सञ्चालन गर्नु उपयुक्त नहुने जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ छ ।

उनले भने, ‘नयाँ भेरिएन्टसहितको भाइरस विद्यालय उमेर समूहका बालबालिकामा बढी देखिएकाले परीक्षा चलाउँदा जोखिम बढ्छ ।’

भर्चुअल माध्यमबाट परीक्षा लिन सम्भव नभएकाले तत्कालको लागि स्थगित गर्नुपर्ने उपयुक्त हुने उनको सुझाव छ ।

यस्तो अवस्थामा परीक्षा चलाउँदा विद्यार्थीहरूमा मानसिक तनाव बढ्न सक्ने पनि डा. पाण्डेको भनाइ छ ।

गत वर्षकै नियति !

गत वर्ष एसईई परीक्षा शुरु हुनु दुई दिनअघि सरकारले स्थगन गरेको थियो । लामो समय लकडाउन भएपछि विद्यालयले लिएको अन्तिम परीक्षाका आधारमा विद्यालयले पठाएको ग्रेड अनुसार नतिजा प्रकाशित गरिएको थियो ।

१२ कक्षाको परीक्षा भने लकडाउन अन्त्य भएपछि विद्यालयमै केन्द्र राखेर सञ्चालन गरिएको थियो ।

जनस्वास्थ्य विज्ञहरूले जेठ अन्तिमदेखि असार मध्यसम्ममा कोरोना भाइरस संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छन् । विद्यालयमा चालु शैक्षिक वर्षको पढाइ ढिलो शुरू भएपछि दुई महिना थपेर जेठ मसान्तसम्म पुर्याइएको थियो ।

आगामी असार १ गते अर्को शैक्षिक वर्ष शुरू हुनुपर्नेमा चालु वर्षको वार्षिक परीक्षा नै अन्योलमा परेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ११ : ४९ बजे

राप्रपाका सबै सांसदले राजीनामा दिए, प्रदेश सदस्यले पनि पद छाडे

काठमाडौँ– जेन-जी आन्दोलनकारीका कारण देश अनिश्चिततातर्फ धकेलिइरहेका बेला प्रतिपक्षी राष्ट्रिय

बानेश्वरस्थित संसद् भवनमा आगजनी

काठमाडौं– प्रदर्शनकारीले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।  मंगलबार

प्रदर्शनकारीले घर जलाएपछि महामन्त्री थापाकी श्रीमती अञ्जनाले पोखिन् दुःख

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी श्रीमती डा. अञ्जना केसी

पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी

काठमाडौँ – जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय

बानेश्वरमा उत्रिएका आन्दोलनकारीसँग अटोमेटिक राइफल (तस्बिरहरू)

काठमाडौँ- नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ। तीनकुनेबाट