राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने « Khabarhub

राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।

स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताए । अमात्यका अनुसार बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै शव जलाउन पाइने भएको छ ।

अन्य समयमा अन्तिम संस्कार गर्न पूर्ण रुपमा निषेध गरिएको उनले बताए । यस्तै मलामीहरु खानपिनका लागि बजारमा बस्न नपाउने र बजार डुल्न नपाउने निर्णय गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरिएको बताइएको छ । स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा शव जलाउनका लागि स्याङ्जा, पाल्पा, रुपन्देहीबाट समेत ल्याइने गरिन्छ ।

कोरोना सङ्क्रमण बढेसँगै त्रसित बनेका राम्दीका स्थानीय बासिन्दाले मलामी धेरै आउँदा आफूहरुलाई सङ्क्रमणको जोखिम बढी हुने भएकाले २५ जनाभन्दा बढी मलामी आउनाका साथै मलामी आउनेलाई बजार क्षेत्रमा हिँड्डुल गर्न रोक लगाइएको स्थानीयवासी सुशीला श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : १७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी