माधव नेपालले भने– अहिलेसम्म कुनै सहमति भएको छैन | Khabarhub Khabarhub

माधव नेपालले भने– अहिलेसम्म कुनै सहमति भएको छैन

'हामी सुदृढ र एकताबद्ध एमाले चाहन्छौँ'


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सुदृढ र एकताबद्ध एमाले चाहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालले भनेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो ।’

उनले एकताबद्ध एमाले बनाउन वार्ता र लचकता दुवै अपनाउने बताएका छन् ।

उनले भनेका छन्, ‘हामी वार्ता र लचकता दुवै अपनाउछौँ, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’

नेता नेपालले सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : ३६ बजे

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक