विवाह र पूजामा हुने जमघटबाट सङ्क्रमण वृद्धि | Khabarhub Khabarhub

विवाह र पूजामा हुने जमघटबाट सङ्क्रमण वृद्धि


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– विवाह तथा पूजामा मानिसको जमघटबाट यहाँका दुई बस्तीमा सङ्क्रमण उच्च रहेको छ । वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथा चौरासी पूजामा सहभागी भएका अधिकांशमा सङ्क्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिए ।

कल्लेरी गाउँमा आयोजना गरिएको विवाहमा सहभागी भएकामा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि आइतबार गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पाण्डेले भने, ‘कल्लेरी गाउँमा स्वास्थ्य समस्या देखिएको खबर पाएसँगै गह्रौँ प्राथमिक अस्पतालका चिकित्सकसहितको टोलीले गाउँमै पुगेर एन्टिजिनमार्फत परीक्षण गर्‍यौँ । परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना पुष्टि भयो, उहाँहरुलाई आवश्यक औषधि तथा परामर्शसहित फर्कियौँ ।’

सङ्क्रमणको दर उच्च रहेकाले कल्लेरी गाउँलाई सिल गरी आवतजावतमा कडाइ गरिएको छ । हाल उक्त गाउँमा ४० बढी सङ्क्रमितको सङ्ख्या छ । तीन/चार जनामा केही समस्या देखिए पनि अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको शाखाप्रमुख पाण्डेले बताए ।

त्यस्तै धरमपानीमा यही वैशाख १४ गते गाउँमा आयोजना गरिएको चौरासी पूजामा सहभागी भएकाहरुमा गरिएको परीक्षणमा एउटै गाउँका १९ जनामा सङ्क्रणम पुष्टि भएको छ । पूजामा सहभागी भएकामा लक्षण देखिएपछि २५ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको वडा नं १ का वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताए ।

बाक्लो बस्ती रहेको गाउँमा चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायतका समस्या देखिएपछि परीक्षणका क्रममा ठूलो सङ्ख्यामा सङ्क्रमित रहेको पुष्टि भएको हो ।

नगरपालिका तथा गह्रौँ प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गरेको थियो । गाउँभरि सङ्क्रमित देखिएपछि तत्कालका लागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको प्रवक्ता काफ्लेले बताए ।

गाउँमै पुगेर आवश्यक औषधि वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेकाले प्राथमिक अस्पतालको अक्सिजनसहितको आइसोलेशनमा ल्याएर उपचार गरिने शाखाप्रमुख पाण्डेले जानकारी दिए ।

विवाह, भोज, पूजाआजा तथा अन्य जमघट हुने कार्यहरुमा थोरैभन्दा थोरै जना सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ ।

यस्ता कार्यहरु मिलेसम्म नगर्न र गर्नैपर्ने भए स्वास्थ्यसम्बन्धी मापदण्डभित्र रही उच्च सतर्कताका साथ गर्न पनि नगरपालिकाले सूचनामार्फत अनुरोध गरेको छ । जिल्लाका ११ पालिकामध्ये सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वालिङमा छ । वालिङमा बिहीबार साँझसम्म २२० भन्दा धेरै सङ्क्रमित छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : ५७ बजे

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी