अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने « Khabarhub

अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ ।

नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताए ।

“हाल नगरपालिकाभित्र छ वटा एम्बुलेन्स सञ्चालनमा छन्, नगरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले यहाँ सञ्चालित अटोहरुलाई पनि तयारी अवस्थामा राख्न लागिएको छ”, उपप्रमुख गोपालीले भने । समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको उनको भनाइ छ ।

नगरपालिकाले नगरस्थित अटो व्यवसायी सङ्घसँग प्रत्येक वडामा एउटा अटोलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्नेगरी सहमति गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । सामान्यतया ती अटोले वडाबाट नगरभित्रको स्वास्थ्य संस्थासम्म बिरामी पुर्याउनेछन् । त्यसरी प्रयोग हुने अटोका चालक पछाडिको भागमा प्लास्टिकले बारेर सुरक्षित बनाइनेछ ।

बिरामी बोक्न प्रयोग नभएको अवस्थामा ती अटोलाई अत्यावश्यक सामान ढुवानीमा समेत प्रयोग गर्न सकिने गरी सहमति भएको नगरपालिकाका सूचना अधिकारी भुजेलले बताए । नगरमा वडा नं ३ मा २३ र ४ मा ११ जनासहित हाल ८० व्यक्ति कोरोना सङ्क्रमित छन् । उनीहरुमध्ये ७६ जना ‘होम आइसोलेशन’ मा रहेका छन् भने चार जनालाई विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : ५७ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले