प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले आइतबारका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ। हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन्।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन्। समावेशी आयोगले पनि पूर्णता पाएको छैन।

बैठकमा सभामुख सापकोटा र सभापति देउवा नजाने 

यसैबीच आइतबारका लागि बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको हुँदा सो मुद्दा किनारा नलागेकाले सभामुख बैठकमा सहभागी नहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पनि बैठकमा अनुपस्थित रहनेछन् ।

कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा जान उपयुक्त नभएको बताए ।

गत मंसिर ३० गतेको बैठकमा पनि उनीहरु सहभागी भएका थिएनन् ।

३० मंसिरमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

राष्ट्रपति भण्डारीले २१ वैशाखमा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८ जारी गरेकी थिइन्। अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : ४३ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन