कोरोना संक्रमणको रोकथाममा खटिन गृहमन्त्री थापाको निर्देशन « Khabarhub

कोरोना संक्रमणको रोकथाममा खटिन गृहमन्त्री थापाको निर्देशन


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गरेका छन् ।
उनले उक्त कार्यालयले जनहितका लागि पुर्‍याएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिए ।

सो अवसरमा मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी जिल्ला अस्पताललगायत विभिन्न स्थानीय तहमा आइसोलेशन कक्षको स्थापना गर्नाका साथै जिल्ला समन्वय समिति र स्थानीय तहसँग समन्वय गरेर उपचारसेवालाई अघि बढाउन प्रजिअलाई निर्देशन दिए ।

उनले जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउन जिल्ला सुरक्षा समितिलाई भूमिका निर्वाह गर्न आग्रह गर्दै जिल्लाका अस्पताल र स्वास्थ्यकर्मीलाई संघीय सरकारले आफ्नो स्रोतसाधन र चिकित्सकको दरबन्दी उपलब्ध गराउँदै आएको स्मरण गराए ।

सो अवसरमा प्रजिअ भरतमणि पाण्डेले जिल्लामा शान्तिसुरक्षाको अवस्थामा सुधार आएको, विभिन्न स्थानमा प्रहरी परिचालन भइरहेको र कोभिड–१९ नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ५९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार