काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९ हजार २३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१९ हजार ९८७ जनाको पीसीआर र ४९५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।
२४ घण्टामा २ हजार ९०५ जनाले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।
काठमाडौँ उपत्यकामा एकैदिन ४ हजार १०६ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
कुन उमेर समूहमा कति संक्रमित थपिए ?
काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २२ सय ५० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – २०४
१०-१९ वर्ष – ६००
२०-२९ वर्ष – २१५१
३०-३९ वर्ष – २२५०
४०-४९ वर्ष – १५७३
५०-५९ वर्ष – ११९९
६०-६९ वर्ष – ६३२
७०-७९ वर्ष – २६७
८०-८९ वर्ष – ८१
९०-१०० वर्ष- १८
अज्ञात – ४८
नेपालमा सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय नाघ्यो
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ७८ हजार ६ सय नाघेको छ ।
पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।
मन्त्रालयको शक्रबारको तथ्यांक अनुसार यसअघि हिजो विहीबारसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ थियो ।
४३ जिल्ला ‘रेड जोन’मा
काठमाडौँ- नेपालका ४३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ४३ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।
जसमध्ये २२ जिल्लामा पाँच सयभन्दा बढी र अन्य २१ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा र प्रदेश २ को पर्सा, धनुषामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ र नुवाकोटमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी, प्रदेश २ को बारा, महोत्तरी, रौतहट, सर्लाही र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोक र सिन्धुलीमा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको गोरखा, तनहुँ, म्याग्दी, स्याङ्जा र नवलपरासी (पूर्व)मा पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम), गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।
कर्णाली प्रदेशको दैलेखमा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा, बैतडी, डोटी र अछामा दुई सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कहाँ कति ?
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।
हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ९५९ जना सक्रमितको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर २३१ जना संक्रमित भेन्टिलेटरमा र ७२८ को आईसीयूमा उपचारत छन्।
मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा १०४ जना संक्रमित आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा हाल आईसीयूमा ४६ जना र भेन्टिलेटरमा १२ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा ३७९ जना आईसीयूमा र १३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी गण्डकी प्रदेशमा ६३ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयू र १२ जना भेन्टिलेरमा तथा सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, ओखलढुंगामा ९, खोटाङमा ७, झापामा २१६, ताप्लेजुङमा ४९, तेह्रथुममा ७, धनकुटामा १५, पाँचथर ४, भोजपुरमा ३, मोरङमा २७३, संखुवासभामा १५, सुनसरी ९८ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १०६, पर्सामा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार ८९ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १८०, चितवनमा ३४३, दोलखामा ५१, धादिङमा ५९, नुवाकोटमा ७९, भक्तपुरमा ३७४, मकवानपुरमा ६३, रसुवामा २८, रामेछापमा ४१, ललितपुरमा ६४३, सिन्धुपाल्चोकमा २३ र सिन्धुली २१ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३९३, गोरखामा ८३, तनहुँमा ४७, नवलपरासी पूर्वमा १००, पर्वत ६१, मनाङ १, म्याग्दी ४४, लमजुङमा २२, बागलुङमा ७ र स्याङजामा ४१ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४२, कपिलवस्तुमा २७, गुल्मीमा ३०, दाङमा ३६६, नवलपरासीमा ८७, पाल्पामा ८०, प्यूठानमा ७, बर्दियाका २४, बाँकेमा २२२, रुकुम पूर्व २, रुपन्देहीमा ७३० र रोल्पामा ५ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्ला ३, दैलेखमा २८, सल्यानमा १०, सुर्खेतमा ५ र हुम्लामा ३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ६२, कञ्चनपुरमा ४५, कैलालीमा १२५, डडेल्धुरामा ३०, डोटी २४, दार्चुला ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा ११४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थप ५० कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया