सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग | Khabarhub Khabarhub

सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको र थप गर्ने भनिएको कोरोनाविरुद्धको खोपको आपूर्तिमा कमिसन एजेन्टले प्रभाव पारी ढिलाइ भइरहेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो संस्थाले कोरोना सङ्क्रमण महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशीघ्र निःशुल्क उपलब्ध गराउन माग गर्दै सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै हुनुपर्ने समेत जनाएको छ ।

टिआई नेपालले आज विज्ञप्तिमार्फत कोभिड–१९ जस्तो महामारीको अवस्थामा खोपलगायतका स्वास्थोपचारसम्बन्धी सामग्री खरिदको प्रक्रिया झन बढी पारदर्शी र जवाफदेही बनाइनुपर्ने उल्लेख गरेको छ ।

“कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी छ । हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाइनु जरुरी छ”, विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियानकर्मी, सेवाकर्मीले अनवरतरूपमा दुवै चरणको सङ्क्रमणमा आफ्ना तर्फबाट सेवा पुर्‍याउँदै आएको कार्यको टिआई नेपालले प्रशंसा गरेको छ ।

यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी रहेको उल्लेख गर्दै रोकथाममा संलग्नहरूको स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुनसमेत टिआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ०१ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो