कोरोना विरुद्धको खोप खरिदमा आर्थिक चलखेल गर्नेलाई कारबाही गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

कोरोना विरुद्धको खोप खरिदमा आर्थिक चलखेल गर्नेलाई कारबाही गर्न कांग्रेसको माग


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले कोरोना विरुद्धको खोप खरिदमा चलखेल गर्नेमाथि कारबाही गर्न माग गरेको छ।

शुक्रबार सभापति देउवाले विज्ञप्ति जारी गर्दै कमिशनकै कारण भारतको सेरम इन्स्टिच्युटबाट खोप आउन नसक्ने अवस्था सिर्जना भएको भन्दै यसमा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन्।

‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वय जिवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ। सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु। यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

उनले जनताविरुद्धको अपराध अक्षम्य हुनेसमेत बताएका छन्। ‘जनताको जिवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो,’ उनले भनेका छन्।

यस्तै जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू वेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्नसमेत सरकारसँग उनले माग गरेका छन्।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ३८ बजे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी