कोरोना विरुद्धको खोप खरिदमा आर्थिक चलखेल गर्नेलाई कारबाही गर्न कांग्रेसको माग « Khabarhub

कोरोना विरुद्धको खोप खरिदमा आर्थिक चलखेल गर्नेलाई कारबाही गर्न कांग्रेसको माग


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले कोरोना विरुद्धको खोप खरिदमा चलखेल गर्नेमाथि कारबाही गर्न माग गरेको छ।

शुक्रबार सभापति देउवाले विज्ञप्ति जारी गर्दै कमिशनकै कारण भारतको सेरम इन्स्टिच्युटबाट खोप आउन नसक्ने अवस्था सिर्जना भएको भन्दै यसमा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन्।

‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वय जिवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ। सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु। यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

उनले जनताविरुद्धको अपराध अक्षम्य हुनेसमेत बताएका छन्। ‘जनताको जिवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो,’ उनले भनेका छन्।

यस्तै जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू वेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्नसमेत सरकारसँग उनले माग गरेका छन्।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ३८ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन