हुण्डाईले गण्डकी प्रदेश सरकारलाई दियो ५० लाख बराबरको स्वास्थ्य सामग्री « Khabarhub

हुण्डाईले गण्डकी प्रदेश सरकारलाई दियो ५० लाख बराबरको स्वास्थ्य सामग्री


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लागि हुण्डाई मोटसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा ५० लाख रुपैयाँबराबरका कोभिड–१९ उपचारका बेला चाहिने पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

कम्पनीले उक्त प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई यही वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा सामग्री हस्तान्तरण गरेको हो।

हाल विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ।

यसको मूल उद्देश्य आवश्यक परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ।

लक्ष्मी हुण्डाईले यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेको छ।

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा समेत १ करोड रुपैयाँ सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो।

ग्रुपले सन् २०१५ को महाभूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, विन्ध्यवासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरुमा रहेका छन्। लक्ष्मी हुण्डाई लक्ष्मी ग्रुपको भगिनी संस्था हो।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : १२ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा