कागती पानी पिउँदा मिल्छ यस्तो लाभ « Khabarhub

कागती पानी पिउँदा मिल्छ यस्तो लाभ



कागती हिमाल, पहाड, तराई जहाँ पनि पाइने फल हो । आमिलो बर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ ।अचार, तरकारी दाल सर्वतलगायत अन्य थुप्रै परिकारको गहनाको रूपमा परिचित यो फल स्वास्थ्यको दृष्टिले विशेष महत्व राख्दछ ।

कागती भिटामिन ‘सी’ को उपुक्त र सर्वसुलभ स्रोत हो । यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग पुर्‍याउँदछ । कागतीमा भएको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ । रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्वपूर्ण भूमिका खेल्दछ । विशेषगरी, बिहान खाली पेटमा कागती पानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

१ . कागतीमा प्रशस्त पाइने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउदछ ।

२. कागती स्वादमा अमिलो भए पनि यसको अमिलोले शरीरलाई कुनै हानी गर्दैन । कागती पानीको नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

३. कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठूलो-आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ। कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।

४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।

५. कागती पानीले पाचन क्रियालाई पनि मजवुत वनाउन सहयोग गर्दछ ।

६. कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसीड र फस्फोरसको राम्रो स्रोत हो ।

७. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

८. रुघाखोकीको उपचारमा पनि कागती पानीले फाइदा पुर्‍याउँदछ।

९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरूलाई स्वस्थ राख्न पनि कागतीले विशेष भूमिका खेल्दछ ।

१०. कागतीले युरिक एसीडलाई समन गर्न मद्दत गर्दछ।

११. कागतीले रक्ताचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।

१२. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

१३. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन । बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । मृगौलाको पत्थरी झार्न सहयोग गर्दछ ।

१४. कागती पानीको नियमित सेवनले बढेको तौल घटाउन पनि मद्दत गर्दछ ।

१५. छालाका दाग धब्बा हटाएर छालालाई चम्किलो बनाउदछ।

१६. मुखको दुर्गन्ध नाश गर्दछ । छालालाई चम्किलो बनाउदछ ।

१७. असमायिक बुढ्यौली हुन दिँदैन ।

१८. कलेजो, मृगौला र रगतलाई सफा गर्दछ ।

१९.  पिएको केही समयमा नै शक्ति प्रदान गर्दछ ।

२०. तनाब, चिन्ता र उदाशिनता कम गर्न मदत गर्दछ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन्

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ५५ बजे

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध