नेपाल-खनाल पक्षलाई डा. भट्टराईको प्रश्न : पार्टी जेठ ३ मा फर्किदैमा ओलीका सबै गल्ती माफ हुन्छन् ? « Khabarhub

नेपाल-खनाल पक्षलाई डा. भट्टराईको प्रश्न : पार्टी जेठ ३ मा फर्किदैमा ओलीका सबै गल्ती माफ हुन्छन् ?


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेको नेपाल-खनाल पक्षका नेताहरुलाई संकेत गर्दै पार्टी जेठ ३ मा फर्किदैमा प्रधानमन्त्री केपी शर्मा ओलीका अक्षम्य गल्ती सबै माफ हुन्छन् ? भन्दै प्रश्न गरेका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी एकता बचाउन भन्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्- ‘एमाले कणहरूसँग जिज्ञासा- तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,सांसद अपहरण, कोरोनापीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : २४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना